रोय–बेरिस्टोको बिस्फोटक ब्याटिङ, इंग्ल्याण्ड फाइनल नजिक

काठमाडौं, असार २६ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको समिफाइनल खेलमा अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका ओपनर जोसन रोयले अर्धशतक पूरा गरेका छन् । उनले २ छक्का र ७ चौकाको मद्दतमा ५० बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा रोयको चौथो अर्धशतक हो ।

साथै उनले यही विश्वकपमा एक शतकसमेत लगाई सकेका छन् । अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । यो समाचार तयार पार्दासम्म उसले १८ ओभरमा एक विकेट गुमाएर १३६ रन बनाएको छ । इंग्ल्याण्डका ओपनर रोयले १८ ओभरको समाप्तीमा ५ छक्का र ८ चौकाको मद्दतमा ६१ बलमा ७९, जोनी बेरिस्टो ३४ रन आउट भए । जाेरुट १३ रनमा नट आउट छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो । उसका लागि स्टिभ स्मिथले सर्बाधिक ८४ रनको योगदान दिए । यस्तै एलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२, डेभिड वार्नरले ९ पिटर ह्यान्सकम्बले ४, प्याट कमिन्सले ६ र नाथन लायनले ६ रन बनाए । कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले खाता नै खोल्न पाएनन् । बलिङमा क्रिस ओक्स, आदिल रशिदले तीनतीन, जोफ्रा आर्चरले २ र मार्क उडले एक विकेट लिए ।

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

इंग्ल्याण्ड प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!