विश्वकप २०१९ मा स्मिथको चौथो अर्धशतक

काठमाडौं, असार २६ । १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाका स्टिभ स्मिथले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ७२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

जारी विश्वकपमा स्मिथको यो चौथो अर्धशतक हो । उनी र एलेक्स केरीबीच १०३ रनको साझेदारी बन्यो । केरी २७.२ ओभरमा ४६ रन बनाएर आदिल रशिदको बलमा आउट भए । यस्तै, २७ ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस शून्य रनमा आउट भए । उनलाई पनि रशिदले नै आउट गरे ।

उनीसँगै अष्ट्रेलियालाई पाँचौ झड्का लागेको छ । यसअघि अष्ट्रेलियाले कप्तान आरोन फिन्च (०), डेभिड वार्नर (९) र पिटर ह्यान्सकम्बलाई ४ रनमा गुमायो । फिन्चलाई जोफ्रा आर्चरले वार्नर र पिटरलाई क्रिस ओक्सले आउट गर्न सफल भए । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ३२ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको छ । लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।

इंग्ल्याण्ड ३ पटक फाइनल पुग्दा पनि उपाधि भने जीत्न सकेको छैन । इंग्लिश टिम १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो । अहिलेसम्म इंग्ल्याण्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ खेल भएको छ । जसमा ८ मा अष्ट्रेलिया र २ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । जारी विश्वकपमा अष्ट्रेलियाले ९ खेलमा ७ मा जीत र २ खेलमा हार बेहोरेको छ । यता इंग्ल्याण्डले ९ खेलमा ३ मा हार र ६ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

इंग्ल्याण्ड प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!