अष्ट्रेलियाको खराब सुरुवात, खाता नखोल्दै कप्तान आउट

काठमाडौं, असार २६ । १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले १.१ ओभरमै पहिलो विकेटकारुपमा कप्तान आरोन फिन्चलाई शून्य रनमा गुमाएको हो । उनलाई जोफ्रा आर्चरले आफ्नो पहिलो ओभरको पहिलो बलमै आउट गर्न सफल भएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!