विश्वकप सेमिफाइनलः अष्ट्रेलियाले टस जित्यो, इंग्ल्याण्डलाई बलिङको मौका

काठमाडौं, असार २६ । १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टोली इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि बर्मिङ्घमका सुरु हुँदैछ । लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।

इंग्ल्याण्ड ३ पटक फाइनल पुग्दा पनि उपाधि भने जीत्न सकेको छैन । इंग्लिश टिम १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो । अहिलेसम्म इंग्ल्याण्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ खेल भएको छ । जसमा ८ मा अष्ट्रेलिया र २ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । जारी विश्वकपमा अष्ट्रेलियाले ९ खेलमा ७ मा जीत र २ खेलमा हार बेहोरेको छ । यता इंग्ल्याण्डले ९ खेलमा ३ मा हार र ६ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क

इंग्ल्याण्ड प्लेइङ–११ः इओनन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!