दिपेन्द्रले मलेसियासँगको टी–२० सिरिज गुमाउने

काठमाडौं, असार २६ । नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य एवं अलराउण्डर दिपेन्द्रसिंह ऐरीले मलेसिया विरुद्धको टी–२० सिरिज गुमाउने भएका छन् । प्रधानमन्त्री कपमा हातको औंलाको चोटका कारण घाइते भएकाले अहिलेसम्म पनि पूर्णरुपमा फिट नभएकाले उनले सिरिज गुमाउने भएका हुन् । ऐरीको फिल्डिङका क्रममा बाँया हातको माझी औंलामा चोट लागेको थियो । अहिले उनी सामान्य रुपमा ब्याटिङको प्रशिक्षण गरिरहेका छन् ।

सिंगापुरमा हुने प्रतियोगितासम्म उनी ठिक हुन सक्ने भन्दै टिममा भने राखिएको छ । यू–१९ टिमका पूर्व कप्तान दिपेन्द्र राष्ट्रिय टिमका मुख्य सदस्यका रुपमा रहदै आएका छन् । नेपाली टिमले मलेसियाविरुद्ध दुई वटा खेल खेलेपछि सिंगापुर जानेछ । सिंगापुरमा नेपालले विश्वकप छनोटमा स्थान बनाउन कतार विरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ । उज्यालाे अनलाइनबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!