बिहीबार तोलामा कतिले बढ्यो सुनको मूल्य ?

काठमाडौं, असार २६ । साताको पाँचौं दिन बिहीबार बजारमा सुनको भाऊ चार सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला सुनको मूल्य ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य ६४ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेरप्रतितोला सुनको मूल्य ६४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज बढेर चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार तोलामा कतिले बढ्यो सुनको मूल्य ?

कमेन्ट गर्नुहोस्

error: Content is protected !!