दूध उत्पादन बढाउन गाई–भैंसीलाई सुत्केरी भत्ता

दमौली, असार २५ । सुत्केरी महिलालाई त भत्ता दिने प्रचलन धेरै स्थानमा छ तर तनहुँको म्याग्दे गाउँपालिकाले गाई÷भैंसीलाई सुत्केरी भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट सुरु गरिएको उक्त कार्यक्रम आगामी वर्षलाई पनि निरन्तरता दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले दूध उत्पादनमा बृद्धि गर्न सुत्केरी गाई÷भैसीलाई पोषणयुक्त आहारा र दानापानी खुवाउन भत्ता दिन थालिएको बताए । पोषणयुक्त आहारा र दानापानीको अभावमा गाई÷भैंसीले पर्याप्त मात्रामा दूध दिन नसक्ने भएकोले पोषणयुक्त आहारा खरिदको लागि भत्ताको व्यवस्था गरिएको बताए ।

गाउँपालिकाले सुत्केरी गाई÷भैंसीलाई भत्ताको रुपमा तीन हजार रुपियाँ दिने गरेको छ । त्यसकोलागि गाई÷भैंसी ब्याएपछि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनु पर्ने हुन्छ । वडाको सिफारिस ल्याएपछि गाउँपालिकाका पशु प्राविधिकले अनुमगन गरेपछि मात्र गाउँपालिकाले भत्ताको रुपमा तिन हजार रुपियाँ दिने प्रमुख प्रसाशकीय अधिकृत तिवारीले बताए ।

किसानले गाई÷भैंसीलाई घाँसबाहेक अन्य पोषणयुक्त आहारमा ध्यान नदिने हुँदा गाई÷भैंसीको दूध उत्पादन कम हुने र भैंसीको स्वास्थ्य पनि राम्रो नहुने हुँदा गाउँ पालिकाले किसानलाई स्वस्थ गाई÷भैंसी पालनतर्फ प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको गाउँपालिकाका पशु शाखा प्रमुख माधवप्रसाद पण्डितले बताए ।

चालु आर्थिक वर्षमा १५ जना किसानले गाई÷भैंसीको सुत्केरी भत्ता बुझेका छन् । म्याग्देलाई आगामी आर्थिक वर्षमा दुधमा आत्मनिर्भर बनाउने योजना अनुसार गाई भैंसी पालनमा किसानलाई आकर्षित गर्न यो कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!