सेमिफाइनलमा भारत रक्षात्मक, ५ रनमा ३ विकेट

काठमाडौँ, असार २५ । भारत र न्युजिल्याण्डबीच जारी १२ औं विश्वकपको सेमिफाइनल खेलमा भारतले ४ रनमै एक विकेट गुमाएको छ ।

भारतका ओपनर रोहित शर्मा १ रनमै आउट भए ।

उनलाई म्याट हेनरीको बलमा लाथमले क्याच गरे । पछिल्ला तीन खेलमा लगातार शतक बनाएका शर्मा आउट भए ।

त्यसपछि मैदानमा आएका कप्तान विराट कोहलीले पनि ६ बल मात्रै खेल्न पाए ।

उनलाई ट्रेन्ट बोल्टले एलबिडब्ल्यु आउट गरे ।

अर्का ओपनर केएल राहुललाई पनि म्याट हेनरीकै बलमा लाथमले नै आउट गरे ।

भारतीय ब्याटिङका तीन प्रमुख खेलाडी आउट  पछि २३५ को विजय लक्ष पछ्याइरहेको भारतले कस्तो रणनीति अपनाउला हेर्न बाँकी छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!