त्रिविको ६०औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, असार २५ । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिकोत्सव मनाएको छ ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम भयो । प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे ।

कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो । त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्य देखेर धेरैले टिप्पणी गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!