पुष्पल र सृष्टि अभिनित ‘आउन माया’ को भिडियो सार्वजनिक

पुष्पल खड्का र सृष्टि खड्का अभिनित ‘आउन माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दिपक शर्माको संगीत र वीरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । राजकुमारी मेलामा जाँदाको रमाइलो दृश्यलाइ भिडीयोमा कैद गरिएको छ ।

भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका हुन् । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

भिडीयोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक निर्त्य समावेश गरिएको छ । सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडीयोमा उत्सब दाहाल, विकाश दाहालको सम्पादन, मनोज लामाको मेकअप समावेश रहेको छ ।

हेर्नुहोस् गीतको भिडियो-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!