बस दुर्घटनाः तीनको मृत्यु, १७ घाइते

ओखलढुङ्गा, असार २५ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ६ मा बस दुर्घटना भएको छ ।

काकडीभिट्टाबाट सालु जाँदै गरेको मे १ ख १८९१ नं को यात्रुबहाक बस दुर्घटना भएको हो । बुधबार बिहान मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ को डडुवा डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा ड्राइभर सहित २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा बसका चलक पथरीया २ झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलु दुधकुण्ड नगरपालिका ५ का ५२ वर्षीय माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका १४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दुर्घटनामा परी ३ जानाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठको भनाई छ । दुर्घटनाका गम्भीर घाइते ३ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाईएको छ भने अन्यको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकल हलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । यस घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको छ । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!