पाकिस्तान सरकारको कडा निर्णयः अभियुक्त र मुद्दा चलिरहेका नेताको समाचार र अन्तर्वार्तामा प्रतिबन्ध

इस्लामाबाद । पाकिस्तान सरकारले मुद्दा चल्दै गरेका तथा जेलमा रहेका राजनीतिज्ञहरुबारे कुनै पनि समाचार प्रकाशन या प्रसारण नगर्न प्रतिबन्ध लगाएको छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

इमरान खानले नेतृत्व गरेको मन्त्रीपरिषदले फैसला सुनाइएका या हाल जेलमा रहेर मुद्दा लडिरहेका राजनीतिज्ञहरुका विषयमा समाचार र उनीहरुको अन्तर्वार्तामा प्रतिबन्ध लगाएको हो । यसका लागि सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथरिटी (पेम्रा)लाई निर्देशन समेत दिएको छ ।

हालैमात्र एकजना न्यायाधिश अर्सद मलिर र नवाज शरीफका निकट सहयोगी नसिर बटबीच भएको संवादको भिडियो सार्वजनिक भएपछि उक्त फैसला लिइएको पाकिस्तानी मिडियाहरुले बताएका छन् । उक्त भिडियो नवाज सरिफकी छोरी मरियम नवाजले बनाएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!