उपत्यकामा अविरल वर्षाको सम्भावना

काठमाडौं,असार २५ । काठमाडौं उपत्यकामा विहान देखि पानी परिरहेको छ । सूर्योदय नहुँदै पाँच बजे यता परेको पानी बढिरहेको छ । गएरातिको अविरल वर्षाले देशको पश्चिमी भागमा बाढी बढेको छ ।

बाँकेमा भारी वर्षाले डुबान भएको छ । त्यहाँ वर्षकै ठूलो वर्षा भयो । महाशाखाका अनुसार २५ असार बुधबार देशका केही भूभागमा वर्षाको सम्भावना छ । एक दुई स्थााानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

साँझ देशका अधिकांश भू भागमा वर्षाको सम्भावना छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । २६ असारमा पनि सोही प्रकारको मौसम रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!