विश्वकप सेमिफाइनलः अब न्यूजिल्याण्डले ब्याटिङ नगरे भारतले कति रनको लक्ष्य पाउला?

काठमाडौं, असार २४ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण रोकिएको छ । न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको अवस्थामा वर्षा परेपछि खेल रोकिएको हो ।

नेपाली समयअनुसार १२ः३५ सम्म अम्पायरले खेलको फैसला गर्नसक्ने छन् । त्यतिबेलासम्म पनि वर्षा नरोकिएमा न्यूजिल्याण्डले दोस्रो पटक ब्याटिङ गर्न पाउने छैन । त्यसकारण डकवर्थ लुइसका आधारमा भारतले ४६ ओभरमा २३७ रनको लक्ष्य पाउने छ । यदि वर्षा केही समयभित्र रोकिएमा भारतको पारीको ओभर घटाइने छ ।

२० ओभरमा झारिएमा भारतले १४८ रनको लक्ष्य पाउने छ । जारी विश्वकपको सेमिफाइनल खेलाका लागि रिजर्भ डेको व्यवस्था पनि गरिएको छ । यद्यपि यो अन्तिम उपाय हो । न्यूजिल्याण्डले दोस्रो पटक ब्याटिङ नगरेमा भारतले पाउन सक्छ यस्तो लक्ष्य४० ओभरमा २२३ रनको लक्ष्य–

३५ ओभरमा २०९ रनको लक्ष्य
३० ओभरमा १९२ रनको लक्ष्य
२५ ओभरमा १७२ रनको लक्ष्य
२० ओभरमा १४८ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्

error: Content is protected !!