धारिलो हतियार प्रहार गरी आमाको हत्या

वीरगञ्ज, असार २४ । वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीमा छोराले धारिलो हतियार प्रहार गर्दा आमाको ज्यान गएको छ । २० बर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको ज्यान गएको हो ।

भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुलेको थियो । त्यसपछि आक्रोशित गुड्डुले आमालाई गोडासी (धारिलो हतियार) ले प्रहार गरेका थिए । ज्यान जोगाउन भागेकी शोभादेवीलाई गुड्डुले ४ सय मिटर परसम्म लखेटेर धारिलो हतियार प्रहार गरेका प्रहरीको भनाइ छ ।

घटनाको समयमा शोभादेवीको श्रीमान पनि घरमै थिए । तर, खुट्टा भाँचिएका कारण उनले रोक्न सकेनन् । आमा शोभादेवीको घाँटी र चिउँडोमा काटिएको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । शोभाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!