टेलिकमको तार चोर्ने सेक्युरिटी गार्डसहित ३ जना पक्राउ

काठमाडौं, असार २४ । काठमाडौं हात्तीगौडास्थित रहेको नेपाल टेलिकम कार्यालयको कम्पाउण्ड भित्र राखिएको केबुल तार चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् । टेलिकम कार्यालयको कम्पाउण्डभित्र राखिएको केबुल तार चोरीको आरोपमा सेक्युरिटी गार्डसहित तीन जनालाई पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाडौंबाट खटिएको टोलीले सोही कार्यालयका सेक्युरिटीगार्ड नुवाकोटका पञ्चकन्या गाउँपालिकाका घर भई काठमाडौंको समाखुसी बस्ने २३ वर्षीय दिवस प्याकुरेल, भारत मोतीहारी सुगौली थाना घर भई काठमाडौं वसुन्धारा बस्ने १९ वर्षीय सायबकुमार साह, भारत तिरौहा थाना घर भई वसुन्धारामा नै बस्ने १९ वर्षीय साहसीकुमार सहनीलाई पक्राउ गरेको हो।

उनीहरूलाई बाँसवारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट १७ टुक्रा पारिएका जम्मा ९० फिट तार १ बोरा, साइकल २ थान, तार काट्ने हेक्सो ब्लेड १ थान प्रहरीले बरामद गरेको हो। अभियुक्तहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!