पुर्वाञ्चल फेसन शोको तयारी अन्तिम चरणमाः मोडललाई यसरी दिइँदै छ प्रशिक्षण

ईटहरी, असार २४ । इटहरीका आसपासमा छरिएर रहेका युवायुवतीभित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेशन शोमा अभिभावकको नराम्रो दृष्टिकोणलाई हटाउने उद्देश्य सहित इटहरीमा गर्न लागिएको ‘नेपाल टुरः पुर्वाञ्चल फेशन शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।

साथै र्याम्पमा सहभागी हुन अडिसन पार गर्दै आएका ३० जना नयाँ तथा पुराना फेशन मोडलहरुलाई प्रशिक्षणको कार्य पनि अन्तिम चरणमा पुगेको आयोजक सस्थाका संचालक तथा कोरियोग्राफर रवि लामा तामाङले जानकारी गराए ।

अडिसनमा फेसन शोको लागि इटहरीमा नयाँ अनुहारदेखि र्याम्प गरिरहेका युवायुवतीको पनि सहभागीता रहेको छ । विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक इटहरीबाट नेपाल टुरको आयोजना गरेको हो । इटहरीको शो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रम आयोजनाको गृहकार्य पनि सुरु भएको क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए ।

यही असारको २७ गते मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुन लागेको फाईनल शोमा लाईभ कन्सर्ट साथै डिजे पूल पार्टी पनि हुने छ। डिजे पुल पार्टीका लागि ५०० टिकट निर्धारण गरिएको छ भने फेसन शोका लागि ५०० टिकट निर्धारण गरिएको छ ।

यदि डिजे पुल पार्टीसंगै फेसन शो हेर्न चाहनेहरुको लागि १००० को टिकट निर्धारण गरिएको छ । शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भइरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनर आउनेछन भने कठमाण्डौबाट पनि शोमा र्याम्प गर्न दर्जन बढि फेशन मोडलहरु आउने रविले बताए ।

शोमा आयोजकले र्याम्पमा पुर्वाञ्चलको लागि पहिलो पटक नया स्वाद पनि दिने जनाएको छ । ‘हेण्डिक्राफ़्ट हेरबिन’ सहित स्विक्येन्समा मोडलहरुले र्याम्प वाल्क गर्दै नयाँ स्वाद दिनेछन् । शोमा चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुतीसहित स्थानीय गायक तथा कलाकारको पनि प्रस्तुति रहने छ ।

फेसन शो साझ ६ः३० देखि सुरु हुने छ । तर, डिजे पुल पार्टी भने दिउँसो ३ बजेबाटै सुरु हुने छ । युथ क्रीयसन नेपाल काठमाडौको आयोजनामा हुन लागेको फेसन शोमा मार्टिना मेकअप स्टुडियो ईटहरी मेकअप पार्टनर, डि डिजाईनर ईटहरी बुटिक पार्टनर, डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनर रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!