संकटमा हङकङ, ७० रन नबनाउँदै गुमायाे सातौं विकेट

काठमाडौं, असार २४ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको नेपाल विरुद्धको फाइनल खेलमा हङकङले सातौं विकेट गुमाएको छ । उसले ३३ ओभरमा ६१ रन बनाउँदा महत्वपूर्ण सात विकेट गुमाएको हो । हकङकको सातौं विकेट कमलसिंह ऐरीले आउट गर्न सफल भए । यस्तै सागर ढकालले ७ ओभरमा ८ रन दिएर महत्वपूर्ण ५ विकेट लिए । हङकङको छैठौं विकेट तिल भण्डारीले आउट गरे । उनले आफ्नो २.२ ओभरमा विकेट लिन सफल भएका हुन् ।

हङकङले खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाउन पुगेको थियो ।   फाइनल खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो । यी दुई टिमबीचको खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको हो । श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिस जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र राशिद खान पनि खेल्दैछन् ।

आज नेपाली प्लेइङ–११ मा को–कोले पाए मौका? रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, हरि बहादुर चौहान, खडक बोहरा, कुशल मल्ल, रित गौतम, भिम सार्की, सागर ढकाल, कमल सिंह ऐरी, रशिद खान र तिलक राज भण्डारी

https://www.youtube.com/watch?v=rui95WNv8Z0

कमेन्ट गर्नुहोस्

error: Content is protected !!