राखेपका नवनियुक्त सदस्य सचिव सिलवालद्वारा सपथग्रहण

काठमाडौं, असार २३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त भएका रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई सोमबारदेखि लागू हुने गरी सदस्य सचिवमा नियुक्त गरेका हुन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा सिलवालले पद तथा गोपनियताको सपथ लिएका हुन्। उनलाई मन्त्री विश्वकर्माले सपथ ग्रहण गराएका हुन् । गएको असार ९ गते तत्कालीन सदस्यसचिव केशवकुमार विष्टको ४ वर्षे कार्यकाल सकिएपछि राखेप सदस्य सचिवविहीन बनेको थियो । सिलवालले सोमबार नै त्रिपुरेश्वरमा पदवहाली पनि गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!