प्रचण्डद्वारा कान्तिकारी नेता अधिकारीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, असार २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आइतबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेता अधिकारीलाई सोमबार कुपन्डोलस्थित सो पार्टीको कार्यालय पुगी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

गत पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका अधिकारीलाई फोक्सोको क्यान्सर भएको थियो । केमो लगायतका उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा लगिएको पारिवारले जनाएको छ ।


वि.सं २०११ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मिएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका थिए । माओवादी पार्टी विभाजन आएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए ।


अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित छन् । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बनेका अधिकारी लोकप्रिय मत ल्याएपनि काँग्रेस उम्मेदवारसँग पराजित भएका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई अध्यक्ष प्रचण्डले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!