पाटन औद्योगिक क्षेत्रबाट चन्दा उठाउँदै गरेका विप्लवका नेता पक्राउ

काठमाडौं, असार २३ । नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता पार्टीको मुखपत्र नौलो बिहानीका लागि चन्दा उठाइरहेका बेला ललितपुरबाट पक्राउ परेका छन् ।

प्रहरीले पाटन औद्योगिक क्षेत्रमा चन्दा उठाउँदै गरेका भोजपुरका रोशन देवान राईलाई पक्राउ गरेको हो । उनी जनवर्गीय संगठनको नेता भएको प्रहरीले जनाएको छ । प्रहरीले राईका साथबाट ८ हजार नगद र चन्दाको रसिद बरामद गरेको छ ।

राईलाई ललितपुर परिसरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!