कंकेश्वरीमा पुल बिग्रिएपछि आवतजावतमा समस्या

काठमाडौँ, असार २३ । काठमाडौं–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ। स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब ८ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो ।

उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार दैनिक हिँड्डुल गर्नुपर्ने सर्वसाधारण आवतजावतमा प्रभावित भएका कारण एक हप्ताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले बालुवा निकालेको स्थानका रूपमा लखः तीर्थलाई स्थानीयवासीले पवित्रस्थलका रूपमा लिन्छन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!