मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौं, असार २३ । नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३१ र भिम सार्कीले नट आउट ३३ रन बनाए । यस्तै पवन सराफ १८, रित गौतम ३ र खडक बोहरा शून्य रनमा आउट भए । बलिङमा मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले ४०.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनायो । उसका लागि मोहम्मद आमिरले सर्बाधिक २४ रन बनाए । बलिङमा नेपालका सागर ढकालले ३, कुशल मल्लले २, कमलसिंह ऐरी, तिलक भण्डारी र राशिद खानले एकएक विकेट लिए । नेपालले उपाधिको लागि मंगलबार सिंगापुर वा हङकङ मध्य एकसँग खेल्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!