सडकमै ट्याक्टर पल्टिँदा १३ जना घाइते

डडेल्धुरा, असार २२ । डडेल्धुराको आलिताल गाउँपालिकाको मेलखर्कमा भएको ट्याक्टर दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । मेलखर्कबाट डोटीको रुबसकाँडा जाँदै गरेको से २ त ३२१७ नम्बरको ट्याक्टर आइतबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्।

घाइते १३ जना मध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण ट्याक्टर सडकमै पल्टिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!