डडेल्धुरामा फेला परेका बम सेनाको टोलीद्वारा निष्क्रिय

डडेल्धुरा, असार २२ । डडेल्धुराका २ स्थानमा आइतबार बिहान फेला परेका बम निष्क्रिय पारिएको छ। जिल्लाको परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा फेला परेका आइडी बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयका अनुसार नेपाली सेना २५ बाहिनी भगतपुर, कञ्चनपुरको बम डिस्पोजल टोलीले दिउँसो कार्यक्रममा भेटिएका आइडी बम निष्क्रिय पारेको हो । जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए।

बिहान अज्ञात समूहले परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि बम राखेको थियो। वडा कार्यालयमा लगाइएका ताला तोडियो जिल्लाको भित्री मधेस क्षेत्रका स्तानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!