मानव स्वास्थ्यलाई ख्याल गर्न नगरप्रमुख वडको आग्रह

कैलाली, असार २२ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानव स्वास्थ्यलाई ख्याल गर्न दुग्ध उत्पादन किसान र डेरी ब्यावसायीलाई आग्रह गरेका छन् । नगर प्रमुख वडले खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले आयोजना गरेको असल उत्पादन अभ्यास तथा दुग्ध निर्देशिका लागूबारे अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।

हामी सबै उपभोक्ता हौ नगरप्रमुख वडले भने, ‘उत्पादन गर्ने ब्यक्तिको भान्सामा पनि घुमाउरो ढंगले कमसल बस्तु पुग्न सक्छ । अरुका लागि भनेर गुणस्तरहिन बस्तु उत्पादन गर्नु भनेको अन्ततः आफुले पनि त्यही बस्तु उपभोग गरेको हुन सक्छ ।’ किसान, दुग्ध संकलक र डेरी ब्यावसायी बिच सुमधुर सम्वन्ध हुनुपर्ने नगरप्रमुख वडले बताए । उनले किसानलाई माथि उठाउनका लागि डेरी ब्यावसायीले पनि सहयोग गर्नुपर्ने बताए । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयलाई यस्ता बिषयमा नियमित छलफल गर्न पनि नगरप्रमुख वडले निर्देशन दिए ।

त्यसैगरी नगरप्रमुख वडले स्वास्थ्य सम्वन्धी शारीरिक तन्दुरुस्ती चेकजाँच शिविरको उद्घाटन गरेका छन् । धनगढी उप–महानगरपालिकाको सहयोगमा संचालित शारीरिक तन्दुरुस्ती चेकजाँच शिविर सबै वडामा संचालन गरिने योजना रहेको नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा.खगेन्द्र बमले नसर्र्नेे रोगका कारण ७० प्रतिशत ब्यक्तिको ज्यान गइरहेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!