‘नक्षत्रसँग एक पल’ मा पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया सम्पन्न

काठडमाडौँ, असार २२ । ‘नक्षत्रसँग एक पल’ कार्यक्रमको दोस्रो श्रृंखलामा सशस्त्र प्रहरी बलका पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया सम्पन्न भएको छ । प्रत्येक शनिवार डिफेन्स करिअर एकेडेमी नेपालको आयोजना हुने यस कार्यक्रम शनिबार डिक्यानको थापाथलीस्थित जेसिस भवनको सभाहलमा आयोजित उक्त कार्यक्रम शनिबार विहान ९ बजेदेखि १२ बजेसम्म आयोजना गरेको हो ।

कार्यक्रमको सञ्चालन सितान्सु थापा र श्रेया कोइरालाले संयुक्तरुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा शुभारम्भसँगै प्रमुख अतिथिका नाम उद्घोष गरेका छन्, तब त्यतिबेलै पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठ सभाहलमा प्रवेश हुन्छ, तब विद्यार्थी भाइबहिनीहरूको उत्सुकताको सीमा समाप्त भएको गड्गड्डाहट तालीले भेउ दिन्छ । उनको सरल र शालिन व्यक्तित्व देख्दा सबै विद्यार्थीहरू मन्त्रमुग्घ हुन्छन् । उनले सबैलाई इन्कित गर्दै भने– ‘बाबु नानीहरू दुःख नगरीकन केही हुँदैन, जीवन भनेको चुनौती हो, आफ्नो कमजोरीलाई परिवर्तन गर्दै अगाडि बढ्नुपर्छ, आफूले आफूलाई चिन्नुपर्छ, असहज परस्थितिलाई सामान गर्दै अघि बढ्न सक्नुपर्छ, सच्चा व्यक्तिको राष्ट्रको निम्ति खाँचो छ भन्नेजस्ता प्रेरित कुराकानीहरू विद्यार्थीहरूमाझ सुनाए ।

दुई सत्रमा विभाजित यस कार्यक्रममा पहिलो सत्रमा पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठले प्रेरणात्मक भनाई प्रस्तुत गरेका थियो भने दोस्रो सत्रमा विद्यार्थीहरूले बाल्यकालदेखि सैन्य जीवन र हाल अवकाश भई सामाजिक गतिविधि कार्य गर्दासम्मका तितामिठा अनुभवसँग सम्बन्धित रोचक प्रश्नहरू सोधे ।

विद्यार्थीहरूको प्रश्नहरूलाई सम्वोधन गर्ने क्रममा पूर्व आइजीपी श्रेष्ठले आफूले २० वर्ष सेनामा र १० वर्ष सशस्त्र प्रहरी बलमा सेवा गर्न पाएको अवस्था र सोही क्रममा भोगेका अनेकन प्रसङ्ग सुनाइरहँदा विद्यार्थीहरू मन्त्रमुग्घ भए ।

सो कार्यक्रम स्वागत मन्तव्य राधिका थापाले दिएका थिए भने श्रुती थापाले माला लगाएर स्वागत गरेका थिए । त्यस्तै कार्यक्रममा सरोज राईले गीत गाएका थिए भने क्रिष्टिना शाहीले कविता प्रस्तुत गरेका थिए । विद्यार्थीहरूलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ समाजमा विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याइकेका व्यक्तित्व मार्फत् विद्यार्थीलाई उत्प्रेरित गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रमको शुभारम्भ गरिएको डिक्यानका प्रमु्ख कार्यकारी अधिकृत एवं कार्यक्रम संयोजक डा। राजेन्द्र केसीले बताए ।

उनले भने– ‘प्रत्येक मान्छेको जीवनमा एक पलको महत्व कत्तिको छ भन्ने कुरा हामीले विद्यार्थीकालदेखि नै बुझाउनु जरुरी छ, यसर्थ प्रत्येक व्यक्तिले लक्ष्य प्राप्तिको निम्नि एक पलमै आफ्नो लक्ष्य अर्जुन दृष्टिमार्फत् छेदन गर्न सक्छ भन्नु जानकारी दिन चाहन्छौँ ।’ सुरुका दिनमा हामीले सुरक्षा निकायका विशिष्ट व्यक्तिहरूलाई सहभागिता गराएका छौँ, अब विस्तारै शिक्षा, साहित्य, कलाकारिता र अन्य विषयका व्यक्तिहरूलाई समेत आगामी दिनमा यस कार्यक्रममा समावेश गर्दै लाने सोचाइ रहेको समेत उनले बताए ।

स्मरणरहोस्, डिफेन्स करिअर एकेडेमी नेपाल नेपाली सेनाः अधिकृत क्याडेट, जम.क, अक., सैन्य, नेपाल प्रहरीः इन्सपेक्टर, असई, जवान, सशस्त्र प्रहरी बलः इन्सपेक्टर, असई जवान र राष्ट्रिय अनुसन्धान विभागः अनुसन्धान अधिकृत, सहायक, सूचक र सबै संस्थाहरूको स्टाफ कलेज इन्ट्रान्स प्रिपिरेशन कोर्स (नेपाल आर्मी र सशस्त्र), प्रि स्याट–स्याट (नेपाल प्रहरी र सशक्त प्रहरी) लगायतको प्रशिक्षण दिने नेपालको एक मात्र सेवा प्रदायक संस्था हो । यसले चारवटै सुरक्षा निकायबाट गरी १० हजारभन्दा बढी सफल प्रशिक्षार्थीहरू तयार गरिसकेको छ । हाल उनीहरू चारैवटा सुरक्षा निकायमा संलग्न भई देशको सेवा गरिरहेका डिक्यानका व्यस्थापन प्रमुख एसपी गोविन्द पौडेल बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!