‘मै पनि एमाले सै पनि एमाले’ गाउने प्रिया भण्डारीको स्वरमा तीजगीत (भिडियोसहित)

अविरल फिल्म्सको बजार व्यवस्थापनमा मैलिक तीज कोसेली ‘सारीले’ आजैमात्रै युटुबमा सार्वजनिक भएको छ ।

भट्टराई दिदीबहिनी समूह, बुटवलको प्रस्तुति रहेको गीतमा पुष्पा भट्टराई (भण्डारी)को लय शब्द रहेको छ भने प्रिया भण्डारी र सुमित्रा काफ्लेको स्वर रहेको छ । हाम्रो समाजमा देखिएको विगत र वर्तमान परिस्थितिमा तीजमा देखिएको परिवर्तनलाई व्यंग्य प्रहार गरी प्रस्तुत गरिएको छ भने बिगतको तुलनामा हाम्रो सस्कृतिमा बिकृति विसंगति भित्रिएको छ भन्ने गीतले प्रस्ट रुपमा देखाउन खोजेको छ ।

अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन, सम्पादन तथा छायांकन गरेका छन् भने सगुन शर्मा को श्रृँगार रहेको छ । बुटवलमै छायांकन गरिएको भिडियोमा नवकलाकर जानकी, इन्दिरा, गीता र नुमा भट्टराईको अभिनय देख्न सकिन्छ सुन्दै नाचौंनाचौं लाग्ने गीत हेर्नको लागि यहाँ क्लिक गरी हेर्नुहोस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!