विश्वकपः उपाधि दाबेदार अष्ट्रेलियाविरुद्ध कप्तान फाफको शतक

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले शतक बनाएका छन् । उनले २ छक्का र ७ चौकाको मद्दतमा ९३ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा कप्तान डुप्लेसिसको पहिलो शतक हो ।

अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गरिरहेको छ । द. अफ्रिकाले यो समाचार तयार पार्दासम्म ४६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २९० रन बनाएको छ । दक्षिण अफ्रिका सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । अष्ट्रेलिया भने यो संस्करणमा पनि अन्तिम ४ मा स्थान बनाउन सफल भइसकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!