विश्वकप क्रिकेटः अष्ट्रेलियाविरुद्ध कप्तान डुप्लेसिसको अर्धशतक

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अष्टे«लियाविरुद्ध दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले अर्धशतक पूरा गरेका छन् ।

उनले ४ चौकाको मद्दतमा ५४ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा फाफको यो चौथो अर्धशतक हो । आज दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म उसले २ विकेटको क्षतिमा ३०.४ ओभरमा १७२ रन बनाएको छ । दक्षिण अफ्रिका सेमिफाइनल दौडबाट बाहिरिसकेको छ । अष्ट्रेलिया भने यो संस्करणमा पनि अन्तिम ४ मा स्थान बनाउन सफल भइसकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!