विश्वकपः अन्तिम खेलमा श्रीलंकाद्वारा भारतलाई २६५ रनको चुनौती

काठमाडौं, असार २१ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो अन्तिम खेलमा श्रीलंकाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनायो । उसका लागि अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले शतक बनाए । उनले १० चौका र २ छक्काको मद्दतमा १२८ बलमा ११३ रन बनाए ।

जारी विश्वकपमा म्याथ्यूजको यो पहिलो शतक हो । यस्तै लाहिरु थिरिमानेले ५३, धनन्जय डी सिल्भाले नट आउट २९, अभिष्का फर्नान्डोले २०, कुसल परेराले १८, कप्तान दिमुथ करुणारत्मनले १०, कुसल मेन्डिसले ३, थिसरा परेराले २ र इसुरु उडानाले नट आउट एक रन बनाए । बलिङमा जसप्रित बुमराहले ३, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार र कुलदीप यादवले एक–एक विकेट लिए ।

  कस्तो छ विगत?
अहिलेसम्म श्रीलंका र भारतबीच एकदिवसीय क्रिकेटमा १५८ पटक खेल भएको छ । जसमा भारतले ९० खेलमा जीत हासिल गरेको छ । श्रीलंकाले ५६ खेलमा जीत दर्ता गरेको छ । एक खेल टाई भएको थियो । ११ खेलको नतिजा आएको थिएन ।  इंग्ल्याण्डको मैदानमा यी दुई टिमबीच ७ पटक भिडन्त भएको जसमा ५ खेलमा भारत र २ खेलमा श्रीलंका विजयी भएको थियो । आज टिममा कोकोले पाए मोका? हेर्नुस् प्लेइङ–११

भारतको प्लेइङ–११ः विराट कोहली (कप्तान), जसप्रित बुमराह, ऋषभ पन्त, महेद्रसिंह धोनी (विकेटकीपर), रविद्र जडेजा, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, लोकेश राहुल, रोहित शर्मा र कुलदीप यादव।

श्रीलंकाको प्लेइङ–११ः दिमुथ करुणारत्ने (कप्तान), कुसल परेरा, कुसल मेन्डिस, धनन्जय डी सिल्वा, अविष्का फर्नांडो, लसिथ मलिंगा, एन्जेलो म्याथ्युज, थिसरा परेरा, लाहिरू थिरिमाने, इसुरू उडाना र कसुन रजिथा ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!