विश्वकप क्रिकेटः भारतविरुद्ध एन्जेलोले पूरा गरे शतक

काठमाडौं, असार २१ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको अन्तिम खेलमा श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युजले शतक बनाएका छन् । उनले ८ चौका र २ छक्काको मद्दतमा ११५ बलमा शतक बनाएका हुन् ।

जारी विश्वकपमा एन्जेलोको यो पहिलो शतक हो । सुरुका खेलमा सस्तैमा आउट भएका उनी अन्तिम खेलमा भने लयमा देखिएका थिए । म्याथ्युजले इंग्ल्याण्डविरुद्ध अर्धशतक बनाउँदै टिमलाई जीत दिलाएका थिए ।

आज श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको छ । सेमिफाइनल दौडबाट बाहिरिसकेको श्रीलंका सुखत अन्त्यका साथ मैदान उत्रिएको छ । भारतले भने अन्तिम ४ मा स्थान बनाउन सफल भएको छ । आज श्रीलंकालाई हराउन सके भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिने छ ।

कस्तो छ विगत?
अहिलेसम्म श्रीलंका र भारतबीच एकदिवसीय क्रिकेटमा १५८ पटक खेल भएको छ । जसमा भारतले ९० खेलमा जीत हासिल गरेको छ । श्रीलंकाले ५६ खेलमा जीत दर्ता गरेको छ । एक खेल टाई भएको थियो । ११ खेलको नतिजा आएको थिएन । इंग्ल्याण्डको मैदानमा यी दुई टिमबीच ७ पटक भिडन्त भएको जसमा ५ खेलमा भारत र २ खेलमा श्रीलंका विजयी भएको थियो । आज टिममा कोकोले पाए मोका? हेर्नुस् प्लेइङ–११

भारतको प्लेइङ–११ः विराट कोहली (कप्तान), जसप्रित बुमराह, ऋषभ पन्त, महेद्रसिंह धोनी, रविद्र जडेजा, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, लोकेश राहुल, रोहित शर्मा र कुलदीप यादव।

श्रीलंकाको प्लेइङ–११ः दिमुथ करुणारत्ने (कप्तान), कुसल परेरा, कुसल मेन्डिस, धनन्जय डी सिल्वा, अविष्का फर्नांडो, लसिथ मलिंगा, एन्जेलो म्याथ्युज, थिसरा परेरा, लाहिरू थिरिमाने, इसुरू उडाना र कसुन रजिथा ।a

कमेन्ट गर्नुहोस्

error: Content is protected !!