काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, असार २१ । शनिबार अपरान्ह काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार आज अपरान्ह ४ बजेर १५ मिनेटमा भक्तपुर केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हाे ।

यो २०७२ साल वैशाख १२ गते गएको भूकम्प कै पराकम्प रहेको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपत्कालिन परिचालन केन्द्रले जनाएको छ । यसअघि पछिल्लो पटक असार १२ गते धादिङ केन्द्र भएर ४ म्याग्निच्यूडको परकम्प गएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!