भीमदत्त नगरपालिकामा सांसद भट्टले बनाएका घर हस्तान्तरण

कञ्चनपुर, असार २१ । भीमदत्त नगरपालिकामा विपन्न र भूमिहिन वासिन्दाका लागि निर्माण गरिएका घरहरु हस्तान्तरण गरिएका छन् । भीनपा–१३ स्थित सेते चुनाराको घरमा शनिबार कार्यक्रम गरी घर हस्तान्तरण गरिएका छन् । कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद डा. दिपक प्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७५÷०७६ मा आवाश भवन निर्माण अन्र्तगत घर निर्माण गरिएका हुन् । आवाश निर्माण अन्र्तगत निर्मित चुनाराको घरमा साँसद डा. भट्ट सहित भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले घर हस्तान्तरण गरे । उनीहरुलाई घर हस्तान्तरणको प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा सांसद भट्टले कमजोर अवस्था भएका वासिन्दालाई प्राथमिकता दिएर घर आवाश निर्माण कार्यक्रम सुरु गरिएको बताए । ‘कमजोर अवस्था भएर घर बनाउन नसक्ने अवस्था छ, भूमिहिन छन्, विपन्नता छ, त्यसका लागि घर निर्माण सुरु गरिएको हो’ उनले भने, ‘यसले केही हदसम्म राहत दिन्छ भन्ने विश्वास लिएको छु ।’ निर्वाचन प्रचारका गरिएका वाचा अनुसार निर्वाचन क्षेत्रमा विपन्न र भूमिहिन परिवारका लागि सुरु गरेको घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइने साँसद भट्टले बताए । स्थानीय पूर्वाधार क्षेत्र साझेदारी कार्यक्रमका लागि चालु आ.व.मा भीमदत्त नगरपालिका र माहाकाली नगरपालिकामा ५०÷५० लाख बजेट विनियोजन गरिएको थियो ।

यस वर्ष विपन्न र भूमिहिन परिवारका भीनपामा १५ र महाकाली नगरपालिकामा २० घर निर्माण गरिएका छन् । भीनपाका वडा नं. १३ मा सबैभन्दा बढी तीन घर निर्मण गरिएका छन् । यसैगरी वडा नं. ११, १६, १७, ६, १० र १ मा एक÷एक र वडा नं. १२, ५ र ९ मा दुई दुई घर बनेका छन् । भीनपा ९ मा राउटेका समुदायका लागि घर निर्माण गरिएको छ । महाकाली नगरपालिकाका सबै १० वडामा दुई÷दुई घर निर्माण गरिएका साँसद डा. भट्टका स्वकीय सचिव नितिश प्रसाद भट्टले जानकारी दिए ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले साँसद भट्टको घर आवाश निर्माण कार्यक्रम सराहनीय भएको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिएर जानु पर्ने बताए । ‘यो कार्यक्रम नयाँ सोच र जनताप्रति उत्तरदायित्व बोधका साथ आएको छ, यसका लागि यस क्षेत्रका साँसद माननीय डा. सापलाई धन्यवाद दिन चाहन्छु’ उनले भने,‘यसले जनतालाई आावशमा सहयोग पुग्छ, यो कार्यक्रमलाई नगरपालिका सदा सहयोग गर्छ ।’ निर्वाचन प्रचारका क्रममा जनतालाई जग्गाको मालिक बनाउने र विपन्न गरीबहरुका लागि घर आवाश योजना ल्याउने प्रतिवद्धता अनुसार कार्यक्रम सुरु गरिएको नगर प्रमुख विष्टले बताए ।

भीमदत्तमा छुटेका वडाहरुमा आगामी वर्ष कार्यक्रम सुरु गरिने तयारी छ । घर हस्तान्तरण गरिएपछि स्थानीयहरु खुसी व्यक्त गरेका छन् । ‘ म त त्यहीं झुपडीमा मर्ने भनेर सोच्थे, सरकारले हेर्यो, घर बनाई दियो’ ६० वर्ष पुगेका सेते चुनाराले भने,‘‘म निकै खुसी छु, सरकारले हे¥यो, ठूलो धोको पूरा भो ।’ कमजोर आर्थिक कमजोर अवस्थाले श्रीमतिको उपचार गर्न नसकेपछि उनको मृत्यु भएको थियो । डेढ कट्टा ऐलानी जमिन भएका चुनाराका १३ वर्षिया छोरा छन् । बाजुराबाट तराई आएका चुनाराले २०६५ मा काठको झोपडी बनाएका थिए । त्यस अघि भारतमा मजदुरी गरी जीविका चलाउँदै आएका थिए ।

भीनपा वडा नं. १३ का अर्का नर बहादुर विकले सरकारले गरीबहरुको घर निर्माण गरी राम्रो कार्य गरेको बताए । ‘पुसको घरबाट पक्की घर पाएको छ, खुसी नहुने कुरै छैन’ उनले भने । नेकपाका स्थानीय नेता गणेशदत्त भट्टले चुनावमा गरिएका वाचा अनुसार गरीबका लागि घर निर्माण गरिएकाले कार्यक्रमलाई निरन्तनरता दिनु आग्रह गरे । कार्यक्रममा भीमदत्त नगरपालिका कार्यपालिका सदस्य मदन सिह सेराला, नेकपा नेता बिस्ना पन्त लगायतका सहभागी भएका छन् ।

कञ्चनपुरमा साँसद भट्टले आफ्नो क्षेत्रमा पहिलो पटक घर आवाश निर्माण कार्यक्रम ल्याएका हुन् । कञ्चनपुर क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका र बेदकोट नगरपालिकाको वडा नं. ८ गरी ३० वडा छन् । क्षेत्र नं. ३ मा बलियो पकड राख्खै आएका काँग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखकको १८ वर्षे साँसदको यात्रालाई विराम लगाई साँसद भट्ट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!