विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध भुवनेश्वर महंगा

काठमाडौं, असार २१ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा श्रीलंकाले टस जितेर ब्याटिङ रोजेको छ । सेमिफाइनल दौडबाट बाहिरिसकेको श्रीलंका सुखत अन्त्यका साथ मैदान उत्रिएको छ । भारतले भने अन्तिम ४ मा स्थान बनाउन सफल भएको छ ।

आज श्रीलंकालाई हराउन सके भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिने छ । यो समाचार तयार पार्दासम्म श्रीलंकाले ७ ओभरमा १ विकेट गुमाउँदै ४० रन बनाएको छ । श्रीलंकाले पहिलो विकेटका रुपमा कप्तान दिमुथ करुणारत्ने (१०) लाई गुमायो । उनलाई जसप्रित बुमराहले आउट गरेका हुन् । आज भारतका तिव्र गतिका बलर भवनेश्वर कुमार महंगा सावित भएका छन् । उनले ४ ओभरमै ३५ रन खर्चिएका छन् । जसमा भुवनेश्वरले ६ चौका दिइसकेका छन् ।

कस्तो छ विगत?
अहिलेसम्म श्रीलंका र भारतबीच एकदिवसीय क्रिकेटमा १५८ पटक खेल भएको छ । जसमा भारतले ९० खेलमा जीत हासिल गरेको छ । श्रीलंकाले ५६ खेलमा जीत दर्ता गरेको छ । एक खेल टाई भएको थियो । ११ खेलको नतिजा आएको थिएन । इंग्ल्याण्डको मैदानमा यी दुई टिमबीच ७ पटक भिडन्त भएको जसमा ५ खेलमा भारत र २ खेलमा श्रीलंका विजयी भएको थियो । आज टिममा कोकोले पाए मोका? हेर्नुस् प्लेइङ–११

भारतको प्लेइङ–११ः विराट कोहली (कप्तान), जसप्रित बुमराह, ऋषभ पन्त, महेद्रसिंह धोनी (विकेटकीपर), रविद्र जडेजा, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, लोकेश राहुल, रोहित शर्मा र कुलदीप यादव।

श्रीलंकाको प्लेइङ–११ः दिमुथ करुणारत्ने (कप्तान), कुसल परेरा, कुसल मेन्डिस, धनन्जय डी सिल्वा, अविष्का फर्नांडो, लसिथ मलिंगा, एन्जेलो म्याथ्युज, थिसरा परेरा, लाहिरू थिरिमाने, इसुरू उडाना र कसुन रजिथा ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!