अमेरिकामा फेरि शक्तिशाली भूकम्प

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा शनिबार ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्वे (यूएसजीएस) का अनुसार नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर ४ मिनेट जाँदा क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको हो ।

शुक्रबार बिहान पनि यही ठाउँ केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । दुई दिनभन्दा कम समयको अन्तरालमा शक्तिशाली दुई वटा भूकम्प आएको हो । शनिबार आएको भूकम्प बिहीबारको भन्दा १० गुणा बढी शक्तशाली भएको यूएसजीएसले जनाएको छ ।

भूकम्पका कारण भवन र जमिनमा ठूलाठूला चिरा परेका छ । भूकम्प कारण विद्युत आपूर्ति बन्द भएको छ । भूकम्पपछि अहिलेसम्म १४ सय पटकभन्दा बढी परकम्प आइसकेको ९यूएसजीएस० ले जनाएको छ ।

भूकम्पका कारण ठाउँठाउँमा आगलागी घटना भएका छन् भने केही मानिसहरु घाइते भएका छन् । भूकम्पबाट प्रभावितहरुका लागि क्यालिफोर्निया राज्यले आपतकालीन सेवा केन्द्रहरु चलाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!