थप १२ ठाउँमा सुरुङमार्ग बन्दै, अध्ययनलाई कति बजेट ?

काठमाडौं, असार २१ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।

बुटवल–पाल्पा खण्डको सिद्धबाबा र नौबिसे–नागढुंगा सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । यी दुवै ठाउँमा निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् । सिद्धबाबाको स्विस सरकारले अध्ययन गरेर विभागलाई बुझाइसकेको छ ।

जापानी सहयोग नियोग (जाइका) ले अध्ययन गरेको नौबिसे–नागढुंगाको काम केही दिनभित्रै अघि बढ्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए । ‘बाँकीको पनि प्रारम्भिक अध्ययन सुरु भइसकेको छ,’ उनले भने, ‘यस आर्थिक वर्षभित्र सबैको अध्ययन सकिन्छ ।’ मन्त्रालयले सुरुङमार्गको प्रारम्भिक अध्ययनका लागि १ अर्बभन्दा बढी रकम विनियोजन गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!