विश्वकप २०१९ मा इमामको पहिलो शतक

काठमाडौं, असार २० । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका ओपनर इमाम उल हकले शानदार शतक बनाएका छन् । उनले ७ चौकाको मद्दतमा ९९ बलमा शतक बनाएका हुन् । जारी विश्वकपमा इमामको यो पहिलो शतक हो ।

९६ रनमा आउट भए बाबर 
पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान बंगलादेशविरुद्ध ९६ रनमा आउट भए । उनी ३१ ओभरको अन्तिम बलमा मोहम्मद सैफउद्दिनको बलमा ९६ रनमा आउट भएका हुन् । बाबरलाई सैफउद्दिनले एल्बीडब्लू आउट गरेका हुन् । जारी विश्वकपमा उनले ३ अर्धशतक र एक शतक बनाइसकेका छन् ।

शुरुवात खराब
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले आज खराब शुरुवात गर्यो । उसले ७.२ ओभरमा २३ रन बनाएको अवस्थामा फखर जमान (१३) लाई रनमा गुमाउन पुग्यो उनलाई मोहम्मद सैफउद्दिनले क्याच आउट गराए । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ४४ ओभरमा ४ विकेट गुमाएर २४८ रन बनाएको छ ।

सेमिफाइनल पुग्ने पाकिस्तानको झिनो अंक गणितीय सम्भावना छ । आज पाकिस्तानले अप्रत्यासित फराकिलो जीत निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान आजको खेलमा विजयी भए ११ अंक हुने छ । तर, पाकिस्तान न्यूजिल्यान्ड भन्दा नेट रन रेटमा धेरै पछि छ । त्यसैले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न जितले मात्र प्राप्त हुने छैन । न्यूजिल्यान्डको रन रेट ०.१७५ हुँदा पाकिस्तानको ०.७९२ छ । आज पाकिस्तानले रनको पहाड बनाउन सके झिनो आशा देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!