पाकिस्तानलाई दोस्रो झड्का, शतक बनाउन ४ रनले चुके बाबर

काठमाडौं, असार २० । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानले दोस्रो विकेट गुमाएको छ । उसले ३१ ओभरको अन्तिम बलमा दोस्रो विकेटका रुपमा बाबर आजम (९६) लाई गुमाएको हो । उनलाई मोहम्मद सैफउद्दिनले एल्बीडब्लू आउट गराए ।

इमामको दोस्रो अर्धशतक
पाकिस्तानका ओपनर इमाम उल हकले बंगलादेशविरुद्ध पनि अर्धशतक बनाएका छन् । उनले ४ चौकाको मद्दतमा ५२ बलमा अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा इमामको यो दोस्रो अर्धशतक हो ।

शुरुवात खराब
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले आज खराब शुरुवात गर्यो । उसले ७.२ ओभरमा २३ रन बनाएको अवस्थामा फखर जमान (१३) लाई गुमाउन पुग्यो । उनलाई मोहम्मद सैफउद्दिनले क्याच आउट गराए । यो समाचार तयार पार्दासम्म पाकिस्तानले ३६ ओभरमा २ विकेट गुमाएर २०४ रन बनाएको छ ।

सेमिफाइनल पुग्ने पाकिस्तानको झिनो अंक गणितीय सम्भावना छ । आज पाकिस्तानले अप्रत्यासित फराकिलो जीत निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान आजको खेलमा विजयी भए ११ अंक हुने छ । तर, पाकिस्तान न्यूजिल्यान्ड भन्दा नेट रन रेटमा धेरै पछि छ । त्यसैले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न जितले मात्र प्राप्त हुने छैन । न्यूजिल्यान्डको रन रेट ०.१७५ हुँदा पाकिस्तानको ०.७९२ छ । आज पाकिस्तानले रनको पहाड बनाउन सके झिनो आशा देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!