विश्वकप क्रिकेटः बंगलादेशविरुद्ध बाबरको अर्धशतक पूरा

काठमाडौं, असार २० । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश विरुद्धको महत्वपूर्ण खेलमा पाकिस्तानका बाबर आजमले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ६२ बलमा अर्धशतक पूरा गरेका हुन् । जारी विश्वकपमा बाबरको यो तेस्रो अर्धशतक हो । साथै यो विश्वकपमा उनले एक शतकसमेत बनाइसकेका छन् । यो समाचार तयार पार्दासम्म पाकिस्तानले २६ ओभरमा एक विकेट गुमाएर १२३ रन मात्र बनाएको छ ।

शुरुवात खराब
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले आज खराब शुरुवात गर्यो । उसले ७.२ ओभरमा २३ रन बनाएको अवस्थामा फखर जमान (१३) लाई रनमा गुमाउन पुग्यो उनलाई मोहम्मद सैफउद्दिनले क्याच आउट गराए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!