बारामा बस दुर्घटनाः २२ जना घाइते, ५ को अवस्था गम्भीर

बारा, असार २० । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगंज स्थित २ र ३ नम्बर पुल विचको सडक खण्डमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

हेटौडाबाट बीरगंजतर्फ आउदै गरेको ना ५ ख ३८९५ नम्बरको मिनिबस जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंज स्थित सडक खण्डबाट झण्डै ५० मिटर तल खसेर सो दुर्घटनामा भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख योगबहादुर पालले बताए ।

घटना लगतै घाइतेहरुलाई उद्धारगरि बीरगंजस्थित नारायणी अस्पताल, हेटौडाको चुरेहिल अस्पताल तथा सिमराको अस्पतालमा उपचारका लागि पठाईएको ट्राफिक प्रमुख पालले बताए । तिव्र गतिमा रहेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!