‘माईती घर’ बोलको तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । हिन्दु महिलाको महान चाड हरितालिका तीज आउन अझै समय बाँकी रहे पनि बजारमा तीजका गीत सार्वजनिक हुने क्रम भने बढेकाे छ। विभिन्नखाले तीज गीतको भीडभाडमा मौलिकता र वास्तविकता बोकेको तीज कोसेली ‘माईती घर’ सार्बजनिक भएको छ । शिवदर्शन फिल्म्सले बजार व्यवस्थापन गरेको गीतको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ ।

लोकेन्द्र सापकोटा र रमेश ढुंगानाको संयुक्त प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो निर्देशक विष्णु भट्टराईले निर्देशन सम्पादन तथा छायानाकन गरेका छन् भने गीतमा टिकटकबाट चर्चामा आएकी सुस्मा सापकोटा, लोकेन्द्र, कुन्चान्द्र, शिरु, विष्णु, बिस्व लगायतको अभिनय रहेको छ ।

सगुन शर्माको श्रृँगार रहेको भिडियोलाई बुटवल र पाल्पाको विभिन्न स्थानमा छायांकन गरिएको छ । लोकेन्द्र सापकोटा, इन्द्र जीसी, जमुना सापकोटा, सिस्टि सापकोटा र विश्व पौडेलको स्वर रहेको छ भने लोकेन्द्र र रमेश ढुंगानाको लय सब्द रहेको छ । बिहाबारमात्रै सार्बजनिक भएको अत्यन्तै मार्मिक गीत हेर्न यहाँ क्लिक गर्नुस्-

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!