मार्मा गाउँपालिकाबाट ३ केजी लागूऔषधसहित एक पक्राउ

काठमाडौं, असार २० । जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत प्रहरी चौकी दल्लेखले ३ केजी ८०० ग्राम चरेशसहित एक जनलाई पक्राउ गरेको छ।

जिल्ला दार्चुला मार्मा गाउँपालिकाबाट मोटरसाईकलमा लागुऔषध चरेश सदरमुकामतर्फ ल्याइरहेको भन्ने विशेष सुराकीको आधारमा ३ केजी ८०० ग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको हो ।

चौकी दल्लेखबाट प्रहरी टोली जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं. २ दल्लेख बजार नजिकै रहेको दल्लेख होपरी सडकखण्डमा चेकजाँच गर्दा जिल्ला दार्चुला नौगाड गाउँपालिका वडा नं.६ बस्ने अन्दाजी वर्ष २४को रमेशसिंह ठगुन्नाले चलाएको म.१.प २४८४ नम्बरको अपाची मोटरसाईकलमा आईरहेको अवस्थामा निजले पिठ्युमा भिरेको झोलामा बोकी ल्याएको अवस्थामा लागूऔषध चरेश फेला पारी तौल गर्दा ३ किलो ८०० ग्राम सहित पक्राउ गरिएको दार्चुलाका प्रहरी निरीक्षक सुरज खड्काले बताए ।

प्रहरीका अनुसार मोटरसाईकलसहित निजलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण ऐन) २०३३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत दार्चुलाबाट ५ दिन म्याद थप लिई थप अनुसन्धान भई रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!