सुदूरपश्चिममा बाढीको सम्भावना छ, सतर्क बनौंः बाढी पूर्वानुमान महाशाखा

काठमाडौं, असार २० । बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) र भोलि (शनिबार) सुदूरपश्चिम प्रदेशका नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ।

आज सूचना जारी गर्दै महाशाखाले उक्त प्रदेशका तराई तथा पहाड दुवै क्षेत्रका नदीनालाहरू आज र भोलि उल्लेख्य रूपमा बढ्न सक्ने उल्लेख गरेको छ।

कञ्चनपुर,कैलाली,डडेलधुरा,डोटी लगायत जिल्लाहरूका स(साना खोलाहरूमा पनि आकस्मिक रूपमा बहाव बढ्न सक्ने उल्लेख गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पर्सी (आइतबार) भने देशको मध्य क्षेत्रमा सतर्कता अपनाउन जरुरी रहेको पनि महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यो समाचार आजको नेपाल खबरबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!