फेम नेपालको आयोजनामा सुगमको ‘१ एमबी फेरि त्यो दिन नेपाल टुर’ हुँदै

काठमाडौं, असार २० । फेम नेपालको आयोजनामा चर्चित गायक सुगम पोखरेलको ‘१ एमबी फेरि त्यो दिन’ नेपाल टुर हुने भएको छ ।

देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुने छ । जुलाई १२ तारिक पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगढको ग्यालेक्सी एम्पायर, जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज हुँदै जुलाई २६ तारिक काठमाडौँको प्ले बोई क्लबमा हुने छ ।

काठमाडौंबाहिर साँझ ६ बजेदेखि ११ बजेसम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजेदेखि बिहान ४ बजेसम्म आयोजना हुने छ । कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् ।

यसअघि काठमाडौँ टुँडिखेलमा सुगमसँगै लाउरे, स्वप्न सुमन लगायतको कन्सर्ट गरेको फेम नेपालले मोफलका दर्शक श्रोताको मागलाई ध्यानमा राख्दै सुगम पोखरेलको अल नेपाल कन्सर्ट गर्न लागेको बताएको छ ।

फेम नेपालका प्रबन्ध निर्देशक बिमल पछाईले ‘नेपाली संगीतको उत्सव’ भन्ने नाराका साथ आगामी दिनमा अन्य गायक गायिकालाई समेटेर अन्य साङ्गितिक टुरहरुको आयोजना गरिने बताए । नेपाली संगीत र कला क्षेत्रलाई स्टेजमा उतार्ने कार्यमा अग्रसर फेम नेपालले ‘सेलिब्रेटिङ नेपाली म्युजिक’ नारालाई आत्मसाथ गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!