४७ रिक्त पदमा उपनिर्वाचन तयारी

काठमाडौं, असार २० । निर्वाचन आयोगले केन्द्रीय संसद्देखि स्थानीय तहका रिक्त ४७ जनप्रतिनिधिका लागि उपनिर्वाचन प्रक्रिया अघि बढाएको छ । प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सांसद, स्थानीय तहअन्तर्गत पालिकाका अध्यक्ष वा उपाध्यक्ष पदमा पाँच तथा ३८ वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ ।

नेकपा सांसद रवीन्द्र अधिकारीको निधन भएपछि प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर २ को सांसद पद खाली छ । त्यस्तै, बाग्लुङ क्षेत्र नम्बर २ (ख)का सांसद टेकबहादुर घर्ती, भक्तपुर क्षेत्र नम्बर १ (क)का सांसद हरिशरण लामिछाने र दाङ क्षेत्र नम्बर ३ (ख)का सांसद उत्तरकुमार ओलीको निधन भएकाले आयोगले उपनिर्वाचन गर्नुपर्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!