नेपाल आइडलका सुमित पाठकको ‘समाचार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असार १९ । नेपाल आइडल सिजन–२ का सेकेण्ड रनरअप सुमित पाठकको समाचार बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार युट्युब च्यानलमार्फत उनको यो गीत सार्वजनिक गरिएको हो ।

नेपाल आइडल सिजन–२ पछि सुमितको यो पहिलो गीत हो । उनको ‘समाचार बोल’ को गीतमा कालिप्रसाद बाँस्कोटाको शब्द–संगीत रहेको छ । गीतको भिडियो निर्देशन लोकेश ब्रर्जाचार्यले गरेका छन् । सुमितले यसअघि अमेरिकन ब्वाइज नेपाली चलचित्रमा आमा बोलको गीत गाइसकेका छन् । गीत हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!