आफ्नो अन्तिम विश्वकप खेलमा सस्तैमा आउट भए गेल, बनेन यस्तो रेकर्ड

वेस्टइन्डिजलाई विश्वकपको ४२ औं खेलमा पहिलो झड्का लागेको छ । विश्वप्रसिद्ध क्रिकेटर क्रिस गेल १८ बल खेलेर ७ रनमा आउट भए ।

स्टार क्रिकेटर गेलले आफ्नो अन्तिम विश्वकप खेल्दैछन् ।

३९ वर्षीय गेलले एकदिवसीय क्रिकेटबाट समेत सन्यास लिने घोषणा गरिसकेका छन् ।

युनिभर्सल बोस भनेर चिनिने गेलले लिड्समा दिउँसो ३:१५ देखि हुने खेलमा अन्तिम प्रहार गर्नेछन् । उनले अर्को महिना भारतसंग खेलेरै विदाई लिने इच्छा रहेको बताएका छन् ।

लोभलाग्दो तथ्यांक 

गेलले एक दिवसीयमा २९७ खेलमा १०,३८६ रन बनाएका छन् । त्यसमा ३८.०४ को औसतमा उनले २५ शतक र ५३ अर्धशतक सामेल छन् ।

गेलका नाममा ३२६ छक्का प्रहारको कीर्तिमान छ । त्यसैगरी उनले १०३ टेष्टमा ४२.१८ को औसतमा ७२१४ रन बनाएका छन् । जसमा १५ शतक र ३७ अर्धशतक सामेल छन् ।

त्यस्तै उनले ५४ टी–२० मा ३२.५४ को औसतमा २ शतक र १३ अर्धशतक सहित १६२७ रन बनाएका छन् ।

बलिङतर्फ उनले टेस्टमा ७३, एक दिवसीयमा १६६ र टी–२० मा १७ विकेट लिएका छन् ।

टुटेन लाराको रेकर्ड

आज गेलले वेस्टइन्डिजको तर्फबाट सबै भन्दा बढी एकदिवसीय रन बनाउने रेकर्ड बनाउने विश्वास गरिएको थियो । यसका लागि उनले आजको खेलमा १८ रन बनाउनु पर्ने थियो । हालसम्म यो रेकर्ड ब्रायन लाराको नाममा रहेको छ ।

लाराले २८५ पारीमा १०३४८ रन बनाएका छन् भने गेलले २८७ पारीमा १०३३१ रन ।

पुछारका टीमबीचको प्रतिस्पर्धा

विश्वकपको अंकतालिकामा एक पनि जीत हासिल गर्न नसकेको अफगानिस्तान पुछारमा छ । अंकविहीन अवस्थामा रहेको अफगानिस्तानले जारी विश्वकपलाई सुखद अन्त्य गर्न वेस्टइन्डिजलाई हराउनु पर्ने हुन्छ ।

उता अफगानिस्तानभन्दा एकस्थानमात्र माथि रहेको वेस्टइन्डिजले एउटा मात्र जीत हासिल गर्न सकेको छ ।
एक खेल वर्षाका कारण रद्द भएका कारण उसको ३ अंक रहेको छ ।

वेस्टइन्डिजले पनि आजको खेललाई सकारात्मक नतिजासहित टुंग्याउन कोशिस गर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!