वेस्टइन्डिजले टस जितेपछि गऱ्यो यस्तो निर्णय

काठमाडौँ, असार १९ । विश्वकप क्रिकेटको ४२ औं खेलमा वेस्टइन्डिजले टस जितेको छ । बिहिबार हेडिंगले लीड्स मैदानमा भइरहेको यस खेलमा वेस्टइन्डिज र अफगानिस्तान भिड्दै छन् ।

वेस्टइन्डिज टीमका कप्तान जेसन होल्डरले पहिले ब्याटिङ गर्ने निधो गरेका छन् । दुवै टीमका लागि आजको खेल प्रतिष्ठाका लागि भन्दा बढी हुने छैन । दुवै टीम विश्वकपबाट बाहिरिइसकेका छन् ।

एक दिवसीय क्रिकेटको सबैभन्दा पुरानो च्याम्पियन र सबै भन्दा नयाँ टीमबीचको प्रतिस्पर्धा निकै रोचक हुने धेरैले विश्वास गरेका छन् ।

दुवै टीमको तर्फबाट निम्नानुसार खेलाडी आजको खेलमा मैदानमा उत्रिने भएका छन्:

वेस्टइन्डिज : जेसन होल्डर (कप्तान), फ्याबियन एलेन, कार्लोस ब्रैथवेट, डोरेन ब्रावो, शेल्डन कटरेल, शेनन ग्याब्रिएल, क्रिस गेल, शिमरोन हेटमायर, शाई होप, इविन लेविस, एश्ले नर्स, निकोलस पूरन, केमार रोच, सुनील अंबरिस, ओसाने थमस।

अफगानिस्तान : गुलबदीन नइब (कप्तान), आफताब आलम, असगर अफगान, दौलत जादरान, हामिद हसन, हसमतउल्ला शाहिदी, हजरतउल्ला जजाई, मोहम्मद नबी, मोहम्मद शहजाद, मुजीब उर रहमान, नजीबुल्ला जादरान, नूर अली जादरान, रहमत शाह, राशिद खान, समीउल्ला शिनवारी।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!