महिलालाई आत्मनिर्भर बनाउन ड्राईभिङ्ग तालिम

धनगढी, असार २० । धनगढी उप–महानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउनका लागि ड्राईभिङ्ग तालिम दिएको छ ।

तालिममा विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरुलाई सहभागिता गराईएको थियो । एक महिनासम्म संचालन गरिएको निःशुल्क संचालन गरिएको ड्राईभिङ्ग तालिमको बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले समापन गरेका थिए ।

गरीब तथा विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि निःशुल्क ड्राईभिङ्ग तालिम संचालन गरेका हौं नगरप्रमुख वडले भने, तालिम लिएकाहरु हल्का सवारी चलाउन सक्ने भएका छन् । तालिममा ३० जना महिलाहरु सहभागि रहेको थियो नगरप्रमुख वडले भने, तालिम लिएकाहरुलाई रोजगारका अवसरको पनि खोजी गरिने छ ।

महिलाले पनि पुरुषसरह सवारी चालक भएर काम गर्न सक्दछन् नगरप्रमुख वडले भने, तालिम लिएकाहरुले आफूजस्तै बेरोजगार महिलाहरुलाई सवारी चलाउन सिकाउँदा महिला सवारी चालकको संख्या बढ्न सक्छ । महिलाहरु ईमान्दार र मदिराजन्य चीजको सेवन नगर्ने भएकाले उनिहरुले चलाएको सवारी सुरक्षित हुने पनि नगरप्रमुख वडले बताए ।

कार्यक्रममा बोल्दै वडा नं ८ का अध्यक्ष नारायणप्रसाद बरालले आगामी आवमा पनि महिलाहरुलाई आत्मनिर्भर बनाउने किसिमका तालिम संचालन गरिने बताए । धनगढी उप–महानगरपालिकाको सहयोगमा शिवशक्ती ड्राईभिङ्ग सेन्टरले तालिम संचालन गरेको थियो ।

त्यसैगरी अपाङ्ग असहाय व्यक्तिलाई आत्मनिर्भर बनाउनका लागि संचालन गरिएको दुई महिने सिलाई कटाई तालिमको बिधवार समापन गरिएको छ । धनगढी उप–महानगरपालिकाको सहयोग तथा शिव महिला समुहको आयोजनामा तालिम संचालन गरिएको थियो । तालिम पाएकाहरुलाई सिलाई मेसिन समेत उपलब्ध गराईएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!